निरीक्षण तथा अबलोकन भ्रमण सम्पन्न : पोखरा

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले यही असोज २३ गते पोखरा स्थित विभिन्न प्रहरी कार्यालयहरुको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।

निरीक्षणका क्रममा क्षेत्रीय प्रहरी गण मुख्यालय पुग्नुभएका ४ नं. प्रदेश प्रहरी प्रमुख बमले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, प्रहरी कर्मचारीहरुको मेष, व्यारेक लगायत कार्यालयका भौतिक श्रोतसाधनहरुको समेत निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले आशन्न प्रतिनिधि र प्रदेश सभालाई मध्यनजर गर्दै सम्पुर्ण प्रहरी कर्मचारीहरु मानशिक तथा शारीरिक रुपमा तयार रहनुपर्ने बताउँदै समाजको शान्ति सुरक्षाको लागि जनसम्पर्कको विकल्प नरहेकाले जनमानसमा प्रहरी मेरो साथीको भाव झल्किने गरी कार्य सम्पादन गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

साथै उक्त क्षेत्रीय प्रहरी गणको प्रहरी टोलिले प्रहरी प्रमुख बम समक्ष भिड नियन्त्रण नमुना प्रदर्शन र खोचमा खसेका मानिसहरुको उद्दारको कार्यशैली प्रदर्शन समेत गरेका थिए ।

सोही क्रममा संघिय ईकाई प्रहरी कार्यालय र अंचल सशस्त्र प्रहरी गुल्म गण्डकी पोखरा पुग्नुभएका ४ नं. प्रदेश प्रहरी प्रमुख बमले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, मेष, व्यारेक लगायतको निरीक्षण गर्नु भएको  हो । उक्त अवसरमा सँघिय ईकाइ प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक विस्णुहरी गौतमले ४ नं. प्रदेश प्रहरी प्रमुख बम समक्ष संघीय ईकाई प्रहरी कार्यालय अन्तर्गतका विभिन्न जिल्लाको अपराधिक अवस्था ,प्रहरी परिचालन, कार्यालय व्यवस्थापन, कार्यालयको भौतिक संरचनाको अवस्था लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । 

nirixan23 1

 

nirixan23 2