निरीक्षण भ्रमण सम्पन्न : विमानस्थल सुरक्षा गार्ड पोखरा

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कमल सिंह बमले यही असोज १८ गते  विमानस्थल सुरक्षा गार्ड पोखराको निरीक्षण तथा अवलोकन गर्नुभई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।

निरीक्षणका क्रममा ४ नं. प्रदेश प्रहरी प्रमुख बमले विमानस्थलमा रहेका सम्पुर्ण कक्षहरु साथै सुरक्षा सतर्कताका लागि जडान गरिएका स्रोत साधनहरुको निरीक्षण गर्नुभई विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्मचारिहरुको कार्यालय ब्यारेक ,मेश लगायतको समेत निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुदै उहाले विमानस्थल जस्तो संवेदनशिल स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताकासाथ चुष्तदुरुष्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुनेगरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन समेत दिनुभएको हो  ।

 साथै उहाले विमानस्थल विभिन्न देशका नागरीकहरुको आवागमन हुने प्रमुख स्थान समेत भएकाले यसमा विभिन्न अपराधिक कृयाकलाप समेत हुनसक्ने बताउदै यसप्रती सधै चनाखो रहन समेत प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

उक्त निरीक्षण कार्यक्रममा संघिय ईकाई प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  विष्णुहरी गौतम, ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवर, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

airport ni

airport ni1