घटस्थापना पुजा: पोखरा

२०७४ सालको बिजयादशमी अन्तर्गत आज असोज ०५ गते पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा बिन्दाबासिनी मन्दिरको आयोजनामा शोभा यात्रा कार्यक्रम सम्पन्न भएको छ ।

माननिय कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम, प्रहरी नायव महानिरीक्षक पुष्प चन्द्र रञ्जित,लगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको ब्याण्ड बाजा, स्थानिय जातजातिका सांस्कृतिक झाकि सहितको शोभा यात्रामा  विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, विभिन्न संघ-सस्थामा आवद्ध व्यक्तिहरु, विभिन्न बिद्यालयका बिद्यार्थीहरु, आमा समुह लगायतको उपस्थिति रहेको थियो । उक्त शोभा यात्रा बिन्दाबासिनी मन्दिरबाट शुरु भई महरिया टोल, भैरब टोल, भिमसेन टोल, नालाको मुख, पालिखे चोक, महेन्द्रपुल हुदै पुन बिन्दाबासिनी मन्दिरमा गई समापन भएको थियो ।

dashai 3

dashai 2