निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न: धवलागिरी तथा मातहत

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कमल सिंह बमले ४ नं. प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा यही भाद्र २६ र २७ गते संघीय प्रहरी इकाई कार्यालय धवालगिरी तथा मातहतका म्याग्दी, बाग्लुङ र पर्वत स्थित विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा अवलोकन गर्नु भई जिल्ला स्थित स्थानीय जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, व्यावसायिहरु, वकिल, नागरिक समाज, पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्नुभएको छ ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ, पर्वत तथा अंचल सशस्त्र प्रहरी गुल्म लगायतका प्रहरी कार्यालयहरुमा विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुभएको छ ।

निरीक्षण तथा अवलोकनका क्रममा विभिन्न प्रहरी कार्यालयमा पुग्नुभएका प्रहरी अतिरीक्त महानिरीक्षक बमलाई उक्त कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्य क्षेत्र भित्रको भौगोलिक सामाजिक अवस्था, विविध अपराधको अवस्था, प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था लगयातका विषय समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

सोही क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी अतिरीक्त महानिरीक्षक बमले आम नागरिकको अपेक्षालाई सम्बोधन गर्दै जनमैत्री प्रहरी सेवा प्रवाह गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउदै सबै दर्जाका प्रहरी कर्मचारीहरु आम नागरिक प्रतिको आ-आफ्नो जिम्मेवारीमा सदैव कटिबद्ध रहनुपर्ने कुरा बताउनु भएको छ ।

Dhaulagiri3

Dhaulagiri2

Dhulagiri1