निरीक्षण तथा अन्तर्क्रिया सम्पन्न : क्षेत्रीय प्रहरी आवसिय माध्यामिक विद्यालय तनहुँ

प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रशाद जोशीले तनहुँ स्थित रहेको पश्चिम क्षेत्रीय प्रहरी आवसिय माध्यामिक विद्यालयको स्थलगत निरीक्षण गर्नुभई विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरी कर्मचारीहरुसंग एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गर्नुभएको छ ।
निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले विद्यालयमा रहेका विभिन्न भवनहरु तथा कक्षाकोठा, मेष लगायतको निरीक्षण गर्नुभएको थियो । सोही अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त विद्यालयका प्राचार्यले विद्यालयको भौतिक संरचना, विद्यार्थीहरुको संख्या, शैक्षिक गुणस्तर साथै आवश्ययक पुर्वाधारहरुको विषयमा जानकारी गराउनुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले विद्यालयले प्रदान गरेको शैक्षिक गुणस्तरमा थप वृद्धी हुनुपर्ने बताउदै अन्य प्रहरी विद्यालयहरुसंग आवश्यक समन्व्य गरी गुणस्तरीय शिक्षा प्रदानका लागि आवश्यक गृहकार्य गर्नुपर्ने बताउनु भएको छ । अहिलेको समय प्रतिस्प्रर्धाको रहकाले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा बताउदै गुणस्तरीय शोक्षाले नै शिक्षकको वृति विकास र सेवा सुविधालाई टेवा पुर्‍याउने हुँदा यसका लागि सामुहिक रुपमा लाग्नुपर्ने कुरा बताउनु भयो । साथै उक्त विद्यालयलाई भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाउनका लागि आफुले तत्कालै आवश्यक पहल गर्ने कुरा समेत बताउनु भएको छ ।
उक्त कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त बहादुर कुवँर, सोही विद्यालयका समादेशक प्रहरी निरीक्षक खुमानन्द पाण्डे, सोही विद्यालयका प्राचार्य कुमार गुरुङ, विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।