बागलुङ: बस दुर्घटनामा ३ जना घाईते

 

आश्विन २१, बागलुङ नगरपालिका १ मालढुङग बागलुङ पोखरा सडक खण्डमा बागलुङबाट पोखराको लागि छुटेको ना ५ ख २१०६ नम्बरको बस  अनियन्त्रित भई ऐ. स्थितमा  बिजुलीको पोलमा ठक्कर खान गई उक्त बसमा सवार २९ जना मध्ये ३ जना घाईते भई उपचारको लागि धवलागिरी अञ्चल अस्पताल पठाईएको, चालक प्रहरीको नियन्त्रणमा बस घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

घाईतेहरु:

१.      जिल्ला नवलपरासी सुनवल नगरपालिका ११ बस्ने बर्ष ५५ की हरिकला कार्की,

२.      ऐ.ऐ. बस्ने बर्ष ९ को कृष्ण खत्री,

३.      जिल्ला बागलुङ बागलुङ नगरपालिका १३ पयुपाटा बस्ने बर्ष २९ की साबित्री परियार ।