तनहुँ: सवारी दुर्घटनामा १ जना घाईते

आश्विन २०, आबुखैरेनी गाउँपालिका ४ बेनीटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङबाट आबुखैरेनी तर्फ आउदै गरेको बा  १ प ८४८ नं.को पर्यटक बस  र विपरित दिशाबाट जादै गरेको  ग १ ज ३६२४ नं.को माइक्रो एकआपसमा ठक्कर खादा माइक्रोमा सवार जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका -९ सिउडीबार बस्ने वर्ष ५० को जंग गुरुङ घाइते भई उपचारको लागि पाण्डे मेडिकल मुग्लिङ पठाईएको, दुवै सवारी साधन र दुवै चालक प्रहरीको नियन्त्रणमा रहेको ।